अमेरिकामा पनि फाइजरको भ्याक्सिनले पायो अनुमति

अमेरिकाले पनि फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ।

अमेरिकाको खाद्य तथा औषधि नियामक (एफडिए) निकायले भ्याक्सिनको आपतकालिन प्रयोगलाई अमेरिकामा स्वीकृति दिएको सिएनएनले उल्लेख गरेको छ।

डोनाल्ड ट्रम्प प्रशासनले उक्त भ्याक्सिनलाई अनुमति प्रदान गर्न एफडिएलाई दबाब दिँदै आएको थियो। एफडिएका प्रमुख स्टेफन हानलाई भ्याक्सिनलाई अनुमति दिन वा पद छोड्न प्रशासनले दबाब दिएको खबर बाहिरिएको थियो। तर, स्टेफनले भने यो कुरामा कुनै सत्यता नभएको बताएका छन्।

यता, ट्रम्पले शुक्रबार मात्रै एफडिएलाई सुस्त गतिमा काम गरेको भन्दै कछुवा को संज्ञा दिएका थिए। उनले एफडिए प्रमुख स्टेफनलाई खेल खेल्न बन्द गरेर जीवन बचाउन भनेका थिए।

राष्ट्रपति ट्रम्पले अनुमति पाएको २४ घण्टाभित्रै खोप लगाउन सुरु गरिने बताएका छन्।

यसअघि अमेरिकाका स्वास्थ्य विज्ञहरुले फाइजर–बायोएनटेकले बनाएको कोरोना भ्याक्सिनलाई स्वीकृतिका लागि सिफारिस गरेका थिए।

२३ सदस्यीय बैठकले भ्याक्सिनलाई आपतकालिन रूपमा प्रयोग गर्न सकिने बताएका थिए।

अमेरिकामा कोरोना संक्रमणका कारण हालसम्म २ लाख ९२ हजार बढीको मृत्यु भइसकेको छ।

फाइजरको खोपलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबपछि अमेरिकाले प्रयोगका लागि स्वीकृति दिएको छ। यो कम्पनीले भारतसँग पनि प्रयोगको अनुमति मागेको छ। यसबारे भारतको आधिकारीक धारणा आइसकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय