पूर्वी र दक्षिण एसियामा आपतकालीन खोप वितरणका लागि दिल्लीमा बैठक

पूर्वी र दक्षिण एसियामा कोरोनाविरुद्धको खोप वितरण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्य निकायको बैठक भारतको राजधानी दिल्लीमा बसेको छ।

‘फास्ट ट्रयाक’ बाट खोप वितरण लगायत विषयमा डब्लुएचओ, विभिन्न मुलुकस्थित निमायक निकायका अधिकारीहरू र खोप उत्पादक कम्पनीबीचको बैठक शुक्रबार बसेको हो।

डब्लुएचओका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंह खोप उत्पान र वितरण गर्ने निकायले सबैलाई समानताका हिसावले खोप वितरण गर्न भूमिका निर्वाह गनुपर्ने बताइन्।

बैठकले यस क्षेत्रमा कोरोना खोप उत्पादनको परिदृश्य बुझ्ने क्रममा आपतकालीन प्रयोग सूचीकरणका प्रक्रिया अबलम्बन गरिरहेका मुलुकलाई फास्ट ट्रयाकको माध्ययमबाट वितरण गर्न छलफल गरेका हुन्।

राष्ट्रिय कार्यक्रम, खोप वितरक र उत्पादकसँगको सहकार्य सहज गर्न र खोपबारे बुझ्न र छलफल गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो।

सबै देशले खोप भण्डारण र वितरणका लागि तयार रहेको बताएको सिंहले उल्लेख गरेकी छन्।

उनले खोप लाइसेन्सिङ प्रणालीलाई परिमार्जन गर्न आवश्यक भएको भन्दै आपतकालीन प्रयोगका लागि तोकिएको समयसीमा महत्वपूर्ण भएको बताएकी छिन्।

उनले प्रभावकारी समन्वय, सहकार्य र सूचना साझेदारीमा जोड दिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय