७ हजार ४ सय १४ परीक्षण हुँदा १ हजार ४४ जनामा कोरोना संक्रमण
शुक्रबार देशभर थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा २ लाख ४६ हजार ६ सय ९४ जना संक्रमित भएका छन्।
आज थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ।
हालसम्म कुल संक्रमितमध्ये १२ हजार १४८ जना सक्रिय संक्रमित छन्।
आज १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ।
नेपालमा हालसम्म १८ लाख २० हजार ६१८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।