समयमै निःशुल्क कोरोना खोप उपलब्ध गराउन उच्चस्तरीय छलफल

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २६ गते १५:२५

उपप्रधानमन्त्री तथा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले कोरोना खोपका विषयमा सम्बन्धित मन्त्री तथा सचिवहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल गरेका थिए।

छलफलमा उनले विश्वमा विकसित भइरहका खोप तथा नेपालमा ल्याउने बारेमा भइरहेको तयारीबारे सम्बन्धित मन्त्रालयसँग जानकारी लिएका थिए।

त्यस्तै उनले आमरुपमा प्रयोगमा आएसँगै खोपलाई नेपाल भित्र्याउन आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमै प्रभावकारी समन्वय अघि बढाउन पनि निर्देशन दिए।

‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘त्यसबाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौं।’

बैठकले कोभिड नियन्त्रण सम्वन्धित कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय गरेको छ।

सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ती चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्नेबारे पनि बैठकमा छलफल भएको थियो।

साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका केही व्यवहारिक कठिनाइका सम्बन्धमा छलफल भएको छ। कोभिड कोषको खर्च विवरण सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको थियो।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा मुख्यसचिव शंकरदास वैरागी र प्रधानमन्त्री कार्यालयलगायतका सचिवहरुको सहभागिता थियो।

अमेरिकी कम्पनी फाइजरको खोपले अमेरिकामा पनि आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ। त्यस्तै बेलायत, बहराइन तथा क्यानडाले यो खोप लगाउन सुरु गरिसकेका छन्।

त्यस्तै चीनको सिनोफर्माले उत्पादन गरेको भ्याक्सिनलाई संयुक्त्त अरब इमिरेट्स (युएई)ले प्रयोगमा ल्याएको छ। चीनले उक्त्त भ्याक्सिन आफ्ना लाखौं नागरिकलाई लगाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय