शिक्षकलाई कोरोना भएपछि विद्यालय धमाधम बन्द

हेल्थपोस्ट /झापा
प्रकाशित
२०७७ मंसिर २६ गते १०:३५

शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि भरखरै सञ्चालनमा आएका झापा हल्दिबारी गाउँपालिकाका विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

हल्दिबारी गाउँपालिका ४ को महेन्द्र मावि, हल्दिबारी–२ को हल्दिबारी मावि र हल्दिबारी–५ स्थित धनुषा आधारभूत विद्यालय बन्द गरिएको छ ।

सरकारले विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिएपछि हल्दिबारी गाउँपालिकाको निर्देशनमा मङ्सिर १५ गतेदेखि कक्षा ६ भन्दा माथि पढाइ हुने विद्यालयहरू सञ्चालनमा आएका थिए ।

२०७६ साल चैतदेखि बन्द रहेका विद्यालयहरू पुनः सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थिति भने न्यून थियो ।

दुई चरणमा प्रति बेन्च एक जना मात्र विद्यार्थी राखेर पठन पाठन सुचारु गर्दै आइए पनि शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि मङ्सिर ३० गतेसम्मका लागि विद्यालय बन्द गरिएको महेन्द्र मावि बडाबारीका शिक्षक सिताराम खरेलले जानकारी दिए।

हल्दिबारी माविका प्रधानाध्यापक टङ्क पाख्रिनले विद्यालाय बन्द गरिएको बताए ।

हल्दिबारीमा १७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कक्षा ६ देखि माथि पढाई हुने ६ वटा विद्यालयमा मङ्सिर १५ गतेदेखि सुचारू गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय