लुम्बिनी अस्पतालका मेसु डा. खनालले ल्याए कोरोना संक्रमितको गीत

हेल्थपोस्ट नेपाल

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले कोरोना गीतको सृजना गरेका छन् ।

रात दिन बिरामीको सेवामा समर्पित चिकित्सक जव आफैमा कोरोना संक्रमित भएपछिको अनुभवलाई समेटेर उनले उक्त गीत रचना गरेका हुन् । कोरोना संक्रमणबा बेला बिस्तारमा रहदा दिमाखमा खेल्ने शब्द, बिरामीका पिडाको अनुभूती र भोलीको भबिश्यका बारेमा आउने सोंचलाई समेटेर गीत रचेको उनले बताए ।

संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको एक कार्यक्रम गरि सार्वजानिक गरिएको छ ।

समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने मनोभावलाई जस्ताको तस्तै म्युजीक भिडियोमा उतारिएको छ ।

दुखाईको पिडा, मृत्यु भएपछि परिवारले भोग्नु पर्ने समस्याको अवस्था, संक्रमित हुंदा समाजले गर्ने तिरस्कार, प्लास्टिकमा बेरिएर गरिएको दाहसंस्कार मानस पटलमा कसरी घुम्दछ भन्ने बिषयलाई म्युजीक भिडियोमा जस्ताको तस्तै उतारिएको छ ।

बिरामीको सेवामा लाग्दा एउटा चिकित्सकमा आउने भावनालाई डा. खनालले शब्दमा उनेरका छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै डा. खनालले संक्रमितको अनुभूतिलाई आफ्नै पिडामा समिश्रण गर्दा गीत बनेर निस्केको बताए ।

कार्यक्रममा कोरोना जितेका स्वास्थ्यकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

सामाजिक विकास मन्त्रालयका पूर्व स्वास्थ्य महाशाखा प्रमुख रेका डा. उमाशंकर चौधरीले आफु संक्रमित हुंदा भेन्टिलेटरमा बसेर कल्पना गरेको कुरा म्युजीक भिडियोमा समेटिएको बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेसु डा. कृष्ण खनालले आफु संक्रमित हुँदा स्थानीय जनप्रतिनिधिले आफ्नो घरको गेटमा बाहिरबाट ताला लगाईदिएको स्मरण गर्दे आफन्तले समेत १० मिटर टाढाबाट बोल्ने गरेको अनुभव सुनाए ।

कोरोनाले ग्रसित हुँदा एम्बुलेन्स नपाएर पैदल नै एक्सरे गर्न अस्पताल पुग्नु परेको, घर वरिपरिका छिमेकीहरु घरको बाटो समेत नहिंडेको जस्ता पिडाले मानीसलाई अझै कमजोर बनाउने गरेको डा. खनालले सुनाए ।

बालकृष्ण पाण्डेको म्युजीक, डा. राजेन्द्र खनालको रचना, सुदिप सागरको एरेन्ज, सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको छ । उक्त म्युजीक भिडियो आजबाट युट्युव च्यानलमा हेर्न र सुन्न सकिने डा. खनालले जानकारी दिए ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *