थप १ हजार २ सय १७ जनामा कोरोना, संक्रिय संक्रमित १२ हजार ३ सय ८६

बिहिबार थप १ हजार २ सय १७ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार

हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्।

आज १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय