एनआरएनएले चिकित्सक संघलाई पन्ध्र सय थान एन९५ मास्क सहयोग गर्ने

हेल्थपोस्ट नेपाल

गैर आवासीय नेपाली संघ (एआरएनए)ले नेपाल चिकित्सक संघ (एनएमए)लाई १ हजार ५ सय थान एन९५ मास्क सहयोग गरेको छ ।

कोभिड उपचारमा खटिएका चिकित्सकलाई उपलब्ध गराउँनेगरी भएको सो सहयोग गरेको हो ।

एनआरएनएका कार्यकारी निर्देशक राजेश शमशेर राणाले एनएमएका बरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठलाई विहीबार एनआरएनएको कार्यलयमा एक कार्यक्रमका बीच सो मास्क हस्तान्तरण गरे ।

एनआएएनएले उपलब्ध गराएको मास्क आवश्यकताका आधारमा चिकित्सक संघ लुम्बिनी शाखा पाल्पालाई आइतबार हस्तान्तरण गरिने डा. श्रेष्ठले जानकारी दिए ।

डा. श्रेष्ठले सहयोग उपलब्ध गराउन पहल गरेको भन्दै एनआरएनएका मेडिकल चेयर पर्सन डा. सञ्जीव सापकोटासहित सम्पूर्ण एनआरएनप्रति आभार प्रकट गरे ।

हस्तान्तरण कार्यक्रममा चिकित्सक संघका सदस्य डा. रितेश थापा, चिकित्सक संगीता भुषाललगायतको उपस्थिति रहेको थियो ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *