धादिङ अस्पतालको नयाँ रेकर्ड, ३७ वर्षिय एक महिलाले ३ शिशुलाई जन्म दिइन्

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २५ गते ११:३१

धादिङ जिल्ला अस्पतालमा एक महिलाले तीन शिशुलाई जन्म दिएकी छिन्।

अस्पतालमा प्रसुति सेवा लिन आएकी ज्वालामुखी ६ की ३७ वर्षिय रिम्की गुरूङले ३ शिशुलाई जन्म दिएकी हुन्।

शल्यक्रियाद्दारा धादिङ अस्पतालमा भएको यो घटना पहिलो हो।

अस्पतालका अनुसार महिला र शिशुको स्वास्थ्य अवस्थामा राम्रो रहेको छ।

३ शिशुमध्ये एकको २ किलो ५ सय ग्राम रहेको छ। अन्यको क्रमश १ किलो ८ सय ग्राम र १ किलो ५ सय ग्राम रहेको छ।

अस्पतालमा शल्यक्रियाद्वारा एकै जना महिलाले ३ ओटा शिशुहरु जन्माएको आज सम्मकै नयाँ रेकर्ड भएको प्रशासनले जनाएको छ।

शल्यक्रिया गर्ने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ र शल्यक्रिया टिममा सहभागी डा.पुजश कर्माचार्य,डा.सबिन भन्डारी, ए.ए.लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा,एस्तर तामाङ र सरस्वती मल्ल र सहयोगी सन्जु रिजाल रहेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय