स्थानीय तहले चलाएको ५ अस्पताल प्रदेश मातहतमा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २५ गते ११:०८

सरकारले स्थानीय तह अन्तगर्त रहेका ५ अस्पताललाई प्रदेश मातहातमा ल्याएको छ।

सरकारले बागमती प्रदेशका पाँच अस्पताललाई प्रदेश अन्तगर्त राख्ने निर्णय भएको हो।

दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही, चितवनको बकुलर रत्ननगर अस्पताल तथा काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बागमती प्रदेश ल्याइएको सरकारका सुचना मन्त्री पार्वत गुरूङले बताए।

यसअघि आठ वटा जिल्लामा मात्र प्रदेश अस्पताल रहेको थियो।

सरकारले ५ वटा अस्पतालाई थप गरेसँगै बागमती प्रदेशको १३ वटै जिल्लामा अस्पताल रहने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय