स्वास्थ्य मन्त्रालयको दाबी: एन्टिजेन परीक्षण पिसिआर सरह नै प्रभावकारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणले सही नतिजा दिने दाबी गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार कोरोना बिफ्रिङ मार्फत एन्टिजेन परीक्षण पनि पिसिआर सरह नै प्रभावकारी रहेको बताएका हुन्।

केही हप्ता अघि काठमाडौंका विभिन्न ठाउँमा १ हजार ५ सयको एन्टिजेन परीक्षण गरिएको थियो।

जसमध्ये १ सय जनामा संक्रमण पुष्टि भएको थियो।

‘जो व्यक्तिलाई एन्टिजेनबाट पोजेटिभ आयो। उहाँहरूमा पिसिआरबाट पनि पोजेटिभ देखिएको छ,’ डा. गौतमले भने। एन्टिजेन परीक्षणको मान्यता दिन पिसिआर परीक्षण पनि सँगसँगै गरिएको उनले बताए।

गौतमका अनुसार सो रिर्पोट चाँडै प्रकाशित हुनेछ। एन्टिजेनबाट नेगेटिभ आएका र लक्षण नदेखिएकाको हकमा थप पिसिआर परीक्षण गर्न नपर्ने उनको भनाइ छ।

तर, विज्ञहरूले एन्टिजेन परीक्षणलाई पिसिआरको विकल्प रूपमा लिन नहुने बताइरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय