वीर अस्पतालको आह्वान– सबै सेवा दिन्छौं ननकोभिड बिरामी पनि आउँनू
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले नन कोभिड बिरामीलाई सामान्य र विशेषज्ञ सेवा साविक बमोजिम नै दिँदै आएको भन्दै सेवा लिनका लागि आह्वान गरेको छ ।
सरकारले कोभिड अस्पताल बनाउँने निर्णय गरेर कार्यन्वयन गरेपछि बिरामीको संख्या उल्लेख्य रुपमा घटेसँगै वीरले यसरी बिरामीलाई अस्पतालमा बोलाउँन सार्वजनिक सूचना नै गरेको हो ।
सामान्य अवस्थामा ३ हजार हाराहारीमा बिरामी आउँने वीरमा अहिले मुस्किलले ३ सय बिरामी आउँने गरेको अस्पतालले जनाएको छ ।
बुधबार अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले सूचना नै जारी गरेर अन्य नियमित सेवाालाई निरन्तरता दिएरै कोभिडको थप सेवा दिएको स्पष्ट पारेका छन् ।
आम विज्ञको सुझाब बिपरीत सरकारले मुलुकै प्रमुख अस्पताल वीरलाई कोभिड अस्पताल बनाउँने निर्णय गरेपछि वीरको सेवा प्रभावित बनेको छ ।
सेवा प्रभावित हुँदा आम्दानी घटेर कर्मचारीलाई दिँदै आएको भत्तासमेत दिन नसक्ने अवस्था आएको छ ।
जसले गर्दा अस्पतालमा कर्मचारीले ४६ दिनसम्म आन्दोलन गरेर केही दिनअघि मात्रै सम्झौता भएको थियो ।
भत्ता फालाफाल हुँदा रोगीले सेवा लिन सोर्स लगाउन पर्ने, भत्ता खाने पैसाको कमि हुँदा रोगिहरु लाइ बोलाउने अस्पताल के नेपाल कै पुरानो र ठुलो बिर अस्पताल हो?