६ हजार २८६ जनाको पिसिआर परीक्षण, १ हजार ५६ जनामा कोरोना पुष्टि

बुधबार नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमण पुष्टि भएको छ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालको अनुसार आज थपिएका सहित नेपालमा २ लाख ४४ हजार ४३३ पुगेको संक्रमित पुगेका छन्। काठमाडौं उपत्यकामा ५ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ। आज १२ हजार २४५ जना सक्रिय संक्रमित छन्। डा .गौतमका अनुसार ३ सय ३० जना सहित ५७ जना भेन्टिलेटरमा रहेका छन्।

आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

कुल संक्रमित मध्ये ९४. ३ प्रतिशत संक्रमणमुक्त भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय