पिजीको परीक्षा मसिंर २८ मा टुगों लाग्ने

चिकित्सा शिक्षाको स्नातकोत्तर (पिजी तह) को परीक्षा मसिंर २८ गते टुगों लाग्ने भएको छ।

उक्त परीक्षाको सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहिरहेको छ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरी अनुसार अदालतले मसिंर २८ का लागि पेशी तोकेको छ।

‘केही मुद्दाहरू अदालतमा विचाराधीन नै रहेको छ। अदालतमा आगामी २८ गते पेशी तोकिएको छ,’ डा. गिरीले भने, ‘मुद्दाको टुंगो लाग्ने बित्तिकै परीक्षा मिति तोक्नेछौं।’

अदालतमा पिजीका विषयमा विदेशी कोटा, आरक्षण, सरकारी र करार लगायतका विषयमा मुद्दा परेको छ।

मसिंर ४ गते भएको बैठकमा न्यायाधिसहरुले यी सबै मुद्दाका विषयमा एकिकृत छलफल गरेर मात्र अगाडि बढ्ने राय दिएका थिए।

तर मुद्दाका विषयहरुमा छलफल भने हुन सकेको थिएन।

डा. गिरीको अनुसार अदालतबाट मुद्दाको छिनोफानो भएको खण्डमा चाडैं परीक्षा सञ्चालन हुनेछ।

‘हामी अदालतको फैसलाको पखाईमा रहेको छौ,’ डा. गिरीले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘ फैसला हुने बित्तिकै केही दिनमा परीक्षाको सञ्चालन हुनेछ।’

आयोगले यसअघि असोज २७, २८ र २९ गते परीक्षा मिति तोकेको थियो। तर सर्वोच्च अदालतको असोज २२ गतेको अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो।

एमडी र एमएस, एमडिएस, एमपिएच, एमपिएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा एमएससी एमआइटी लगायतका विषयमा करीब ८ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन्।

कहिले हुन्छ पिजीको परीक्षा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय