मुटुरोग विशेषज्ञ डा. जोशीको निधनप्रति चिकित्सक संघ दुखी
नेपाल चिकित्सक संघले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी को निधनप्रति दुःख व्यक्त गरेको छ।
केही दिनअघि मात्रै उनमा रक्त क्यान्सर निदान भएको थियो।
उपचारको क्रममा ५१ वर्षे डा जोशीको ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।
संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति निकाल्दै डा. थापाले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधै स्मरणयोग्य हुने बताएका छन्।
‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटुरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघको विज्ञप्तिमा भनिएको छ ‘दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संघ हार्दिक समवेदना प्रकट गर्दछ।’
दुई साताअघिसम्म उनी मेडिसिटी अस्पतालकै मुटुरोग विभागको विभागीय प्रमुखको रुपमा कार्यरत थिए ।
स्टार अस्पतालका पूर्व निर्देशकसमेत रहेका डा. जोशीले नोभेम्बर २४ मा फेसबुक स्टार लेखेर मेडिसिटी छोडेको र स्टर अस्पतालमा काम गर्न थाल्ने जानकारी गराएका थिए ।
उनी पुस १ गते स्टार अस्पतालमै सेवा सुरु गर्ने तयारीमा थिए ।