बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीको निधन
बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीको निधन भएको छ ।
५१ वर्षे डा. जोशीको ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
एक सातअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका जोशीको मंगलबार साँझ निधन भएको हो ।
केही दिनअघि मात्रै उनमा रक्त क्यान्सर निदान भएको थियो ।
दुई साताअघिसम्म उनी मेडिसिटी अस्पतालकै मुटुरोग विभागको विभागीय प्रमुखको रुपमा कार्यरत थिए ।
स्टार अस्पतालका पूर्व निर्देशकसमेत रहेका डा. जोशीले नोभेम्बर २४ मा फेसबुक स्टार लेखेर मेडिसिटी छोडेको र स्टर अस्पतालमा काम गर्न थाल्ने जानकारी गराएका थिए ।
उनी पुस १ गते स्टार अस्पतालमै सेवा सुरु गर्ने तयारीमा थिए ।