केएमसी शिक्षण अस्पतालमा तोडफोड, ९ जना पक्राउ

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २३ गते १७:४६

उपचारको क्रममा लापरवाही भएको भन्दै काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा तोडफोड भएको छ।

तोडफोड गर्ने ९ जनालाई महानगरीय प्रहरी वृत्त गौशलाले नियन्त्रणमा लिएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले १२/१५ वटा झयाल र ढोकाका सिसा तोडफोड गरेको बताएका छन्।

नार्गजुन नगरपालिका वडा नम्बर ५ का ५८ वर्षिय लक्ष्मी कुवंरको उपचारका क्रममा निधन भएको हो।

चिकित्सकको लापरवाही भएर बिरामीको मृत्यु भएको आरोप आपन्तहरुले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय