चिकित्सक संघ सुदूरपश्चिमको अध्यक्षमा डा. मिश्र

हेल्थपोस्ट नेपाल

नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाको अध्यक्षमा डा. प्रदीप मिश्र चयन भएका छन् ।

धनगढीमा भएको संघको अधिवेशनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघका वरिष्ठ सह–अध्यक्षमा डा. खगेन्द्र भट्ट, सह–अध्यक्षमा डा. जगदीश जोशी, सचिवमा डा. कपिल गौतम, सहसचिवमा डा.शम्भुदत्त जोशी, डा.मेराज आलम अन्सारी, कोषाध्यक्षमा आनन्द पाठक, सहकोषाध्यक्षमा डा.रविन्द्रदेव भट्ट चयन भएका छन् ।

सदस्यहरुमा डा. जगदीश विष्ट, डा. निराजनदत्त शर्मा, डा. दीपक ठकुराठी, डा. विकास खड्का, डा. वीरेन्द्र बुडाल, डा. रोजी शर्मा, डा.अनिश मानन्धर र डा. समीर खान चयन भएका छन् ।

डा. गणेशबहादुर सिंह, डा. प्रमोद जोशी र डा. निरज अर्याललाई सल्लाहकारमा चयन गरेको नवनियुक्त अध्यक्ष मिश्रले बताए ।



Leave a Reply

Your email address will not be published.