नेपालमा कोरोना निको हुनेदर कति? एउटै रिपोर्टमा दुई तथ्य

कोरोना परीक्षणको संख्या कमी र संक्रमण दरसमेत घटेको छ । तर स्वास्थ्यसम्बन्धी आधिकारिक तथ्यांक दिने स्वास्थ्य मन्त्रालयले नै कोरोना निको हुने दरसम्बन्धी एकै दिनमा दुई भिन्न आंकडा दिएको छ ।

मंगलबारको कोभिड १९ सम्बन्धी स्वास्थ्य क्षेत्रको प्रतिकार्य रिपोर्टकोको पहिलो पृष्टमा कोरोना निको हुने दर ९४ दशमलव १ रहेको उल्लेख छ ।

जुन सरकारले दिएको कुरा संक्रमितको संख्या र निको भएका संक्रमितको संख्याको आधारमा सही प्रतिशत हुन आउँछ ।

तर सोही प्रतिकार्य रिपोर्टको सातौ पृष्टमा सार्क राष्ट्रमा कोभिड १९ सम्बन्धी तथ्यांक हेर्दा नेपालको कोरोना संक्रमण दर ९२ दशमलव ३ मात्रै छ ।

यद्यपि मन्त्रालयले सो तथ्यांकको स्रोत कोभिड१९ एसडिएमसीडटओआरजी उल्लेख गरेको छ ।

जुन तथ्यांक मन्त्रालयको मंसिर २२ को प्रतिकार्य रिपोर्टअनुसार दुरुस्त छ ।

सो साइटमा दिएको तथ्यांकको आधारमा नेपालमा संक्रमण निको हुने दर ९२ दशमलव ३ प्रतिशत छ ।

रिपोर्टको पहिलो पृष्टमा उल्लेख भएको तथ्यांकलाई आधार मान्दा सार्कमा नेपालसबैभन्दा बढी निको हुने दर भएको राष्ट्रको सूचीमा भारतसँगै पहिलो नम्बरमा आउँछ ।

भारतमा पनि निको हुने दर नेपाल बराबर ९४.१ प्रतिशत छ ।

सातौ पृष्टमा भएको सार्कको तथ्यांकलाई आधार मान्दा भने नेपालको निको हुने दर ९२ दशमलव ३ मात्रै हुन्छ र मृत्युदर ०.७ हुन आउँछ ।

मन्त्रालय अधिकारीले सार्कको साइट निरन्तर अपडेट नहुने भएका कारण अघिल्लो दिनकै तथ्यांक देखिने भएको दुई खालका तथ्यांक हुने गरेको जनाएका छन् ।

मन्त्रालयको अनुसार नेपालमा हालसम्म २ लाख ४३ हजार ३ सय ७७ कोरोना संक्रमित पुष्टि भएकोमा २ लाख २९ हजार ५४ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १२ हजार ६ सय ८६ जना पोजेटिभ छन् । जसको प्रतिशत ५ दशमलव २१ हुन्छ ।

हालसम्म १ हजार ६ सय ३७ जनाको ज्यान गएको छ । जुन ० दशमलव ६७ प्रतिशत हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय