थप १३८२ मा कोरोना संक्रमण, काठमाडाैं उपत्यकामा ५ सय ९४ थपिए
नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएकामा सो संख्यामा संक्रमति भेटिएका हुन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ जना संक्रमितको मृत्यु पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार नाघेकामा संक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ८६ रहेको छ।
मंगलबार काठमाडौं उपत्यकामा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ।