छात्रवृतिमा विशेषज्ञ पढेका चिकित्सकलाई ५ दिनभिन अस्पतालमा हाजिर हुन सरकारको निर्देशन

हेल्थपोस्ट नेपाल

सरकारी मेडिकल कलेज/प्रतिष्ठानबाट छात्रवृतिमा विशेषज्ञ पढेका चिकित्सकलाई ५ दिनभित्र सम्पर्कमा आउँन स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।

छात्रवृति सम्झौताअनुसार स्वास्थ्य मन्त्रालयले खटाएको ठाउँमा हाजिर हुन नगएपछि सरकारले यस्तो सूचना जारी गरेको हो ।

५ दिनभित्र खटाएको ठाउँमा हारिज हुन नगएमा सरकारको तर्फबाट भएको लगानी असुल उपर गर्ने तर्फको कानून बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने मन्त्रालयले जनाएको छ ।

सरकारी शिक्षण संस्थाहरुमा छात्रवृति छनौट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि २०७२ अनुसार यस्तो सूचना जारी गरेको हो ।

कार्यविधिअनुसार कवुलियतनामा गरेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) चिकित्साशास्त्र अध्ययान संस्था, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी/एमएस/डिएम/एमसिएचमा अध्ययान पश्चात् कबुलियतनामा बमोजिम स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा खटाउन व्यवस्था छ ।

यसरी खटाएको स्थानमा हाजिर नभएका चिकित्सकलाई ५ दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन जान मन्त्रालयले निर्देशन दिएको छ ।

ति

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *