भक्तपुरमा कोरोनाका सक्रिय संक्रमित ८ सय

रेणु त्वानाबासु
प्रकाशित
२०७७ मंसिर २३ गते १३:०५

भक्तपुर – भक्तपुरमा सोमबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ८ सय २१ रहेको छ। जसमा ४ सय ३६ पुरुष र ३ सय ८५ महिला रहेका छन्।

भक्तपुर जिल्लामा अहिलेसम्म ७ हजार ५ सय ८६ जनाले कोरोना जितेका छन्। जसमा ३ हजार २ सय ८८ महिला र ४ हजार २ सय ९८ पुरुष रहेका छन्।

हाल होम आइसोलेसनमा ७ सय ५४ जना रहेका छन्। बाँकी ६७ जना अस्पतालमा रहेका छन्।

भक्तपुरमा जम्मा संक्रमितको संख्या भने ८ हजार ५ सय १९ जना पुगेको छ।

भक्तपुर जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले सरकारले कोरोनाको लक्षण भएका व्यक्तिले मात्र पिसिआर परीक्षण गर्नु भनेर निर्णय गरेपछि संक्रमितको संख्या घटेको बताए।

गाह्रो नभएसम्म अस्पताल नजाने र परीक्षण पनि नगराउने भएका कारण समुदायमा अन्यलाई संक्रमण हुने सम्भावना बढेको मिजारले बताए। उनी प्रश्न गर्दै भन्छन्, ‘कोरोना संक्रमितको संख्या घटेर खुसी हुने कि मृत्युदर बढेर दुःखी?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय