अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारीमा डेड करोडमा अस्पताल बनाइदिने

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ मंसिर २२ गते १६:४९

रुपन्देहीको सियारी गाउँपालिकाको अर्घाखाँची सिमेन्ट प्रा.लिले डेढ करोडको लागतमा स्वास्थ्य केन्द्रको भवन बनाइदिने भएको छ ।

गाउँपालिकाको वडा नम्बर २ मैनहवा गाउँमा निर्माण हुने स्वास्थ्य केन्द्रको सोमबार एक कार्यक्रमकाबीच कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले गरेका छन् ।

अर्घाखाँची सिमेन्टको लगानीबाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मुल्यांकन १ करोड ४० लाख रहेको प्रालिले जनाएको छ ।

अर्घाखाँची सिमेन्टका प्रबन्ध सन्चालक राजेश अग्रवालकाअनुसार स्वास्थ्यकेन्द्रको निर्माण कार्य यहि आर्थिक बर्ष भित्रै हुनेछ ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउने बर्षमा किसानका लागि मल खादको समस्या नहुने बताए ।

सहकारीहरुले मलको दुरुपयोग हुदा मल अभाव हुने गरेको बताए ।

उनले सरकारले ब्यवस्थीत गरेर गाउँपालिकाले तोकेको बितरकहरुलाई जिम्मा दिने र त्यो सहकारी वा निजी क्षेत्र पनि हुने हुँदा मलको वितरण प्रभावकारी हुने उनको तर्क थियो ।

अब जुन पालिकालाई जति चाहिन्छ त्यति मल संघिय सरकारले दिन्छ उनको भनाई थियो ।

सियारि गाउंपालिकाका अध्यक्ष अयोध्या थारुले स्वास्थ्य क्षेत्रमा सियारि गाउंपालिकाले अवस्था सुधार गर्दै गएको बताए ।

कृषिको क्षेत्रमा फड्को मारेको उल्लेख गर्दै थारुले प्रालिले बनाइदिने स्वास्थ्य केन्द्रको संरचनाले जनतालाई स्वास्थ्य सेवा दिनमा सहयोगी हुने बताए ।

सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङले कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रका गाउँपालिकाले पूर्णरुपमा ध्याने दिएको र त्यसमा अर्घाखाँची सिमेन्टले साथ दिइरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय