१ हजार १४ नयाँ संक्रमित थपिए, २० को मृत्यु
विश्वव्यापी महामारी कोरोना भाइरस रोग –कोभिड १९ का १ हजार १४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार २ सय २० नमूना परीक्षण गर्दा १ हजार १४ नयाँ संक्रमित थपिएका हुन् ।
२४ घण्टामा १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभरमा मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।
काठमाडौं उपत्यकामा २४ घण्टामा ४ सय ४२ जना संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा सक्रिया संक्रमितका संख्या ५ हजार ७४ पुगेको छ ।
भक्तपुरमा संक्रिया संक्रमितको संख्या ४ सय ४४ र ललितपुरमा १ हजार ४० छ ।