भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विष्णुदत्त पौडेल नियुक्त

सरकारले भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा कन्सलटेन्ट अंकोलोजिस्ट डा. विष्णुदत्त पौडेललाई नियुक्ती गरेको छ ।

मंसिर १८ को निर्णयअनुसार डा. पौडेललाई चार वर्षका लागि निर्देशक नियूक्ती गरेको हो ।

गैरसरकारी संस्थाबाट संचालन हुँदै आएको सो अस्पतालमा सुरुमा स्थानीय सरकारको रुपमा रहेको भक्तपुर नगरपालिकाले हस्पतक्षेप गरेर पुरानो संचालक समिति नै भंग गरेर नयाँ गठन गरेको थियो ।

सो विवाद जारी रहँदा अस्पतालको नियमित संचालन मै असर परेको भन्दै सरकारले अस्पतालको संचालन जिम्मेवारी लिने निर्णय गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय