स्वास्थ्य मन्त्रालयले भन्यो — सूचीकृत कोभिड अस्पतालले संक्रमितको उपचार शुल्क नलिनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारको दोहोरो शुल्क नलिनको लागि सूचीकृत अस्पतालाई निर्देशन दिएको छ।

मन्त्रालयको कोरोना बिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामी र मन्त्रालय दुबै तर्फबाट शुल्क लिइरहेको जनगुनासो आइरहेको बताए।

‘कोरोना उपचार गरे बापत दोहोरो शुल्क लिइरहेको जनगुनासो आइरहेको छ,’डा. गौतमले भने, ‘ दोहोरो शुल्क लिएको पाइएमा मन्त्रालयले कारबाही गरिने छ। दोहोरो शुल्क लिए,नलिएको बारे अनुगमन गर्न समिति समेत गठन गरिएको छ।’

‘उपचारका लागि सूचीकृत अस्पतालहरुले सेवाग्राहीसँग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दुवैतिर दोहोरो शुल्क लिइरहेको भन्ने जनगुनासोहरु आइरहेको छ। यस सन्दर्भमा अनुगमन गरी कारबाहीका लागि केश व्यवस्थापन कार्यदलले अत्यावश्यक कामहरु गर्ने गराउने भन्ने निर्णय भएको छ,’ डा. गौतमले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय