नेपालमा कोरोनाको ‘पुनः संक्रमण’को संभावना बलियो छ : डा. शेर बहादुर पुन

हेल्थपोस्ट नेपाल

विश्वभर कोरोनाभाइरस महामारीका कारण स्वास्थ्य समस्या भएका मानिसहरुको संख्या बढ्दो छ।  महामारीको अवधि लम्बिँदै गएसँगै पुनः कोरोनाभाइरस संक्रमणको जोखिम पनि बढिरहेको छ ।

नेपालमा पुन संक्रमण हुने सम्भावना कस्तो रहेको छ? कस्ता समस्या लिएर बिरामी आइरहेका छन्?  यो प्रश्न हामीले शुक्रराज ट्रपिकल तथा सरूवा अस्पतालका डा. शेर बहादुर पुनसँग सोधेका छौ :

डा. पुनको जवाफ

विश्वमा अहिलेसम्म भएको केस अनुन्धानबाट कोरोना भाइरस पुन संक्रमित हुने पाइएको छ। पुनः संक्रमणको केस पहिलोपटक हङकङ देखिएको तथ्य बाहिर आएको छ।

त्यसपछि अमेरिका, ल्याटिन अमेरिका, युरोप अन्य देशहरू दोस्रो पटक संक्रमण भएको कुरा पुष्टि भएको छ। यसले के देखाउँछ भने दोस्रो संक्रमण असम्भव छैन। १ देखि ४ महिनाको बीचमा भएका पुन संक्रमण भएका छन्।

पुनः संक्रमण वैज्ञानिक हिसाबले पुष्टि भएको छैन। मात्रै, विश्वका डाक्टर वा विज्ञहरूले क्लिनकल आधारमा पुष्टि गरेका छन्।

उदाहरणको लागि पहिला संक्रमित भइसकेर नेगेटिभ भएको मान्छे २ महिना पश्चात् कोरोना लक्षण देखियो। पुन संक्रमण पुष्टि भयो।

दोस्रोपटक संक्रमण भएको हो होइन् यकीन गर्न पहिला संक्रमण भएको र दोस्रो संक्रमण भएको सिकोसिङ (जिन)को पनि अध्ययन गर्नुपर्ने हुन्छ।

पहिला संक्रमण गरेको जिन उस्तै भयो भने दोस्रो संक्रमण हो कि हैन छुट्याउन अप्ठ्यारो हुन्छ।

कोही—कोही व्यक्तिको शरीरमा महिनैसम्म संक्रमण रहन सक्छ ।

यस्तो किसिमको घटना नेपालमा पनि भइरहेका छन् । केही बिरामीले महिनौ भइसक्दा पनि पोजेटिभ नै देखाइरहेको छ भन्ने गुनासो गरिरहेका छन्।

त्यसले गर्दा वैज्ञानिक आधार नभएको हुनाले एक÷दुई महिनामा कोरोना जस्तै लक्षण आए पनि अन्य कारणले हुन सक्छ। किनभने विश्वमा धेरै संक्रामक रोग रहेका छन्।
भाइरसमा रहेको जीनमा भएको तार्किक भिन्नता छ कि छैन भनेर यकीन गर्नुपर्छ ।

भारतलगायत विभिन्न देशमा पुनः संक्रमण भनिएको छ, त्यस्ता केशमा पहिलाको संक्रमणको जिनमा भन्दा केही स—सना परिवर्तन देखिएको छ।

मैले पनि केही व्यक्तिसँग परामर्श गर्दा पनि पुनः लक्षण देखिएको र पोजेटिभ आएको कुरा गरेका छन्।
००००
विकासशील देशहरूमा दोस्रो संक्रमण हो कि हैन भनेर निश्चित गर्न आवश्यक पर्ने पिसिआर प्रविधि महंगो र जनशक्ति पनि धेरै चाहिने भएकोल सहज छैन् ।

अगामी दिन दोस्रो संक्रमणबारे पनि कुनै परिभाषा आउँछ होला। तर, अहिलेको लागि डाक्टरहरूले सम्भावित पुनः संक्रमण देखिएको भएतापनि वैज्ञानिक रूपले पुष्टि गर्न गाहे भएको देखिन्छ।

म पुन संक्रमण हुने असम्भव देख्दिन।

मानिसहरूमा म संक्रमित भएको र पुनः संक्रमण भएपछि कडा हुने हो कि भन्ने त्रास छाएको छ।

उदाहरणको लागि हङकङमा देखिएको पहिलो पटक पुन संक्रमित भएको केसले पहिलो संक्रमणभन्दा दोस्रो संक्रमण तुलनात्मक रूपमा फरक रहेको थिएन।

अमेरिकामा भएको पुन संक्रमणको केश कडा खालको थियो। पहिला संक्रमण हुँदा खासै धेरै समस्या रहेको थिएन। तर, दोस्रो पटक आइसियुसम्म जानु परेको थियो।

थोरै केशहरू भएकाले यो हुन्छ कि त्यो हुन्छ भन्न एकदमै कठिन रहेको छ।  के कुराले गर्दा दोस्रो संक्रमण हुन्छ भन्ने तथ्य पनि बाहिर आइसकेको छैन।

मैले नजिकबाट नियाल्दै गर्दा ल्याटिन अमेरिका डाक्टहरूले अनुसन्धान गरेर भाइरसको जिन हेरेको होइन। उनीहरूले ‘क्लिनिकल जज’ गरेका छन्।

त्यहाँ सयौँको संख्यामा पुन संक्रमण देखिएको छ। तर, अनुसन्धानबाट पुष्टि गर्न गाहो परिरहेको छ। विभिन्न जर्नरलमा पनि पुनः संक्रमण हुने संख्या बढिरहेको भन्ने लेख प्रकाशित भएका छन्।

पुनः संक्रमण असम्भव रहेको छैन। तर, व्यापक रूपमा छ कि छैन भन्ने अनुसन्धानले नदेखाइसकेको हुनाले भन्न गाहे छ।

अन्य देशका वैज्ञानिकहरूले गरेको विभिन्न अनुसन्धान गरेका छन्। उनीहरूले गरेको अनुन्धानबाट नेपालमा पनि पुनः संक्रमण हुने केशहरू व्यापक रुपमा बढ्छ भन्ने लाग्छ।
०००
नेपालमा विभिन्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई पुन संक्रमण भएको कुरा बाहिर आइरहेको छ।

उहाँले पहिलो संक्रमणभन्दा दोस्रो संक्रमण कडा भएको कुरा व्यक्त गर्नुभएको थियो। भारतका डाक्टरमा पनि यस्तै खालको समाचार बाहिर आएको थियो।

उनीहरूले अनुसन्धान गरेर हेर्दा कोरोना भाइरसको फरक खालको जिन बोकेको देखिएको थियो। जसले गर्दा उनीहरूले पुन संक्रमण रहेछ भनेर छुटएका थिए।

मेरै अनुभवमा पनि धेरै बिरामीले दुई—तीन महिनाअघि संक्रमण भएको र पुनः यस्तो समस्या भइरहेको भन्ने गुनासो गर्नुभएको छ।

नेपालमा तथ्यगत रूपमा भन्नुपर्दा कोरोना भाइरस देखिएको १० महिना बितिसकेको छ।  कोरोना भाइरसको जिनमा पनि स—सना कुराको परिवर्तन भइरहेको हुनसक्छ।

पुनः संक्रमण हुने सम्भावना बलियो रहेको छ। तर अहिलेसम्म धेरै मानिसमा पुनः संक्रमण भएको देखिएको छैन्।

आगामी दिनमा भाइरसको स्वरुप परिवर्तन भइरहेको छ भने, पुनः संक्रमणको सम्भावना हुने देखिन्छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *