नेपालमा १०२४ संक्रमित थपिदा थप २२०६ ले जिते

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा देशभर १ हजार २४ कोरोना संक्रमित थपिएका छन्।

सोही अवधिमा थप २ हजार २ सय ६ जनाले संक्रमण जितेका छन्।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ।

यस्तै निको हुनेको कूल संख्या २ लाख २४ हजार ५३ जना रहेको छ।

आज देशभर १४ हजार २ सय ५५ सक्रिय संक्रमित रहेका छन्। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप १० जनाले ज्यान गुमाएका छन्।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १ हजार ५ सय ७७ पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *