छारे रोगबाट कसरी जोगिने?

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर २० गते १४:०८

छारेरोग नसासँग जोडिएको रोग हो। यसको सिधा सम्बन्ध मस्तिष्कका सम्वेदनशिल तन्तुहरूसँग हुन्छ। यो रोग तन्त्रमन्त्रसँग सम्वन्धित हुने पनि कतिपयको विश्वास छ।

मस्तिष्कसँग सम्बन्धित हुने भएकाले कहिले काही यो रोग लाग्दा मानिस बेहोस हुने गर्छन्। सबै छारे रोगले मस्तिस्कमा असर गर्दैनन्। तर, कुनै बेला भने छारे रोग मस्तिष्कका लागि घातक पनि हुन सक्छ।

यो बिरामी महिलाको तुलनामा पुरुषमा बढी हुन्छ। त्यसैले सधै मानिसले खानपानमा ध्यान दिनुपर्छ। निम्न तीन चिजको शरीरमा कमी हुन दिएन भने छारे रोगबाट जोगिन सकिन्छ।

भिटामिन ‘बी-६’ को कमी हुन नलिने

शरीरमा भिटामिन बी-६ को कमी हुन दिनु हुँदैन। यसको कमि पनि छारे रोगको एक कारण हुन सक्छ।

छारे रोगको उपचारका लागि सबैभन्दा प्रभावकारी औषधी भिटामिन बी-६ लाई मानिन्छ।  यसले छारे रोगको समस्यालाई कम गर्न मद्दत गर्छ। त्यसैले शरीरमा यसको कमी हुन दिनु हुँदैन।

भिटामिन ‘ई’ को कमी हुन नदिने

भिटामिन ई को कमीले पनि छारे रोग हुने जोखिम हुन्छ। २०१६ मा गरिएको एक अध्ययनले भिटामिन ई ले मिर्गीको लक्षणलाई नियन्त्रण गर्छ। यसलाई अतिरिक्त औषधीको रुपमा छारे रोगका विरामीहरूलाई दिइन्छ।

म्याग्नेसियमको कमी हुन नदिने

म्याग्नेसियम मान्छेको शरीरका लागि आवश्यक पर्ने महत्वपूर्ण तत्व मध्ये एक हो। यसको कमीले मस्तिष्क सम्बन्धी रोग लाग्ने जोखिम हुन्छ। यसको कमीले छारे रोगको जोखिम पनि उच्च हुन्छ।

एक अध्ययन अनुसार म्याग्नेसियम सप्लाइमेन्ट छारे रोगका लक्षणलाई कम गर्न काम गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय