डा. प्रमोद यादव जनकपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा

वरिष्ठ शल्य चिकित्सक डा. प्रमोद यादवले जनकपुर प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. यादवलाई प्रादेशिक अस्पतालको जिम्मेवारी दिएको हो।

डा. यादवले यसअघि राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी निवार्ह गरेका थिए।

मन्त्रालयले उनको कार्यकाल सकिनु अगाडी नै जिम्मेवारीबाट हटाएको थियो।

त्यसपछि डा. यादव केही समय ट्रमा सेन्टरमा कार्यरत रहेका थिए।

शुक्रबार डा. यादवले जनकपुर प्रादेशिक अस्पतालको पदभार ग्रहण समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय