स्वास्थ्य चौकीलाई  स्वास्थ्य सामाग्री हस्तान्तरण

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

२९ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा डिभर्ना स्वास्थ्य चौकीलाई दराज, फीजियो टेबल, बर्थिङ सेट, ह्वील चियर लगायतका सामाग्रीहरु प्रदान गरेको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका लागि परेको बताउदै चौविस घण्टे प्रसुती सेवा रहेको डिभर्ना स्वास्थ्य चौकी स्वास्थ्य सामग्री हस्तान्तरणले सस्थाको सेवामा प्रवाहमा सहयोग पुग्ने बताए ।

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले स्वस्थ मानिस र स्वस्थ समाजको निर्माण गर्न नगरपालिकाले स्वास्थ्यमा लगानी गरिरहेको बताए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रबक्ता लिलाराम गौतम, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाका बेलकुमारी परियार, सन्धिखर्क नगरपालिका ११ का वडा सचिव पुस्करनाथ आचार्य, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, समाजसेवी बाबु खड्का, डिभर्ना स्वास्थ्य चौकीका इन्चार्ज छविलाल भुसाल लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

विकलांग मित्र समुह अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजनाले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय