स्वास्थ्य मन्त्रालयले भन्यो — कर्मचारी सरूवा गर्ने काम मन्त्रालयबाट हुँदैन

प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरूवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नहुने भएको छ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवाका कर्मचारीको कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको सरुवा गर्ने कानुनी अधिकारी मन्त्रालयलाई नभएको स्पष्ट पारेको छ।

‘स्थानिय र प्रदेश तहमा समायोजित कर्मचारीहरूको सरूवा गर्ने अधिकार कानूनत यस मन्त्रालयलाई नरहेको छैन,’ उक्त सुचनामा भनिएको छ, ‘ सरूवा माग गरि निवेदन आउने क्रम बढेकाले हुँदा सरूवा सम्बन्धी कुनै कारबहाी यस मन्त्रालयबाट नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

समायोजन हुन बाँकी र गुनासो सम्बोधनका केही काम भने बाँकी रहेको मन्त्रालयले उल्लेख गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय