वीरका स्वास्थ्यकर्मीका माग पूरा गर्न अस्पताल तयार

विगत ४६ दिन देखि वीर अस्पतालका स्वास्थ्यकर्मीले उठाएका मागहरू पूरा गर्न अस्पताल प्रशासन तयार भएको छ।

बिहीबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच भएको वार्तापछि ५ बुँदे सम्झौता भएको थियो।

तर, आन्दोलनरत केही संगठनले भने सम्झौतामा हस्ताक्षर नगरेको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।

‘हिजो प्रतिष्ठान र आन्दोलनरत पक्षबीच बेलुका छलफल भएको थियो। केही साथीहरू ढिला भएको कारणले छलफलमा आउनु भएको थिएन,’ डा. सेञ्चुरीले हेल्थपोष्टसँगको कुराकानीमा भने, ‘अझै पनि केही साथीहरूको सम्झौतामा सहमत नभएको देखियो।’

डा. सेञ्चुरीका अनुसार सम्झौतामा सहमत नभएका केही व्यक्तिसँग आज पनि छलफल जारी रहेको छ।

सेवा विस्तार भत्ता छ साता भित्र दुई महिनाको उपलव्ध गराउने, कोभिड भत्ता वितरणमा भएको त्रुटि सच्याउने, औषधी खरीद भत्ता एक साता भित्र उपलव्ध गराउनेलगायतका सम्झौता भएको उनले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय