डुडुवाको हिरिमिनियामा निशुल्क प्रयोगशाला स्थापना

हेल्थपोस्ट/बाँके
प्रकाशित
२०७७ मंसिर १८ गते १९:०९

डुडुवा गाउँपालिकाले वडा नम्बर ६ हिरिमिनियामा स्वास्थ्य चौकीमा आजदेखि निशुल्क प्रयोगशाला सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका कुनै पनि नागरिकलाई स्वास्थ्य परीक्षणका क्रममा गरिने परियोगशाला जाँचबाट बञ्चित हुन नदिनका लागि निशुल्क ल्याब सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार पालिकाले हरेक वडामा निशुल्क ल्याब सञ्चालन गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको र अहिलेसम्म तीन स्थानमा स्थापना भइसकेको छ, भने अब बाकी हुने स्थानमा पनि संचालन गरिने छ। अध्यक्ष चौधरीले गाउँपालिकाले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धि सम्पूर्ण सेवा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताए।

उनले सामान्य विरामीदेखि मधुमेश, प्रेसर जस्ता कडा रोगका विरामीलाई सम्पूर्ण औषधी उपचार निशुल्क रुपमा गर्दै आएको भन्दै आगामी दिनमा जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य रहेको बताए।

आज बिहीबार एक कार्यक्रमका बीच अध्यक्ष चौधरीले उक्त प्रयोगशालाको उदघाटन गरे। वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा, जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो।

ल्याबमा तीनजना प्राविधिकसहितको टोलीले वडा नम्बर-६ का करिब ६ हजार नागरिक प्रत्यक्ष सेवा लिनेछन्। ल्याबमा दिसा, पिसाब, रगत, खकार, मधुमेह, टाइफाइड, जेन्डिस, लिभर लगायतको परिक्षण गरिनेछ।

निशुल्क ल्याब संचालनमा आएपछि घरमै विरामीहरुलाई सेवा लिन सहज भएको छ भने सदरमुकाम नेपालगन्ज आउनुपर्ने बाध्यता समेत हटेको छ। स्वास्थ्य समस्या देखिएपछि नेपालगन्जका चिकित्सकले परिक्षण गर्ने भनेपछि डुडुवामा पुगेर ल्याब जाँच गराएर रिपोर्ट देखाउने गरेको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए।

गाउँपालिकाले अहिलेसम्म वार्ड नम्बर १ बेतहनी, वार्ड नम्बर ५ कम्दी र वार्ड नं हिरिमिनियामा निशुल्क प्रयोगशाला स्थापना गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय