भक्तपुरमा ८९ जना अपाङ्गाता भएका व्यक्तिलाई सामग्री वितरण

हेल्थपोस्ट नेपाल

भक्तपुरमा विहिवार ८९ जना अपाङ्गाता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । २९ औं अन्तर्राष्ट्रिय अपाङ्गाता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्धारा ख्वप कलेज प्रागणमा सामाग्री वितरण गएिको हो ।

अपाङ्गाता ७ जनालाई ट्वाइलेट र ह्विल चेयर तथा १६ जनालाई ह्विल चेयर वितरण गर्दै अपाङ्गाता भएका व्यक्तिको परिवारलाई सम्मान र सहयोग गर्नु हामी सबैको कर्तव्य भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए।

प्रजापतिले अपाङ्गाता भएका व्यक्तिहरुको सीप प्रस्फुटन गराउन उनीहरुमा लुकेको सीपलाई उजागर गरी फरक क्षमताभएको व्यक्तिको रुपमा हेर्नुपर्ने उनले बताए ।

आजको प्रविधिको युगमा अपाङ्गाता भएका व्यक्तिहरुलाई प्रविधिमैत्री सामग्रीहरु प्रयोग गरी समाजमा आपूmमा भएको कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं अपाङ्गाता भएका व्यक्तिहरुको परिचय वितरण सम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले भक्तपुर नगरपालिकामा रातो कार्ड प्राप्त गर्ने ८९ जना पूर्ण अपाङ्गा, नीलो कार्ड प्राप्तगर्ने २३८ जना आंशिक असक्त, पहेलो कार्ड प्राप्त गर्ने १४३ जना र सेतो कार्ड प्राप्तगर्ने ३८ जना गरी ५०८ जना अपाङ्गाता भएको व्यक्तिहरुलाई कार्ड वितरण गरेको बताउदै नगरपालिकाले हरेक वर्ष शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै गतवर्ष १५ लाखबजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरु संचालन गरेको बताए ।

वडा नं. १ का वडाध्यक्ष एवं समन्वय समितिका सदस्य श्यामकृष्ण खत्रीले सहायक समाग्री माग गर्ने ८९ जना अपाङ्गाता भएका व्यक्तिहरु मध्ये ट्वाइलेट र ह्विल चेयर ७ जना, ह्विल चेयर १८ जना, वाकर ६ जना, सेतो छडी २ जना, कालो चश्मा १ जना, बैशाखी ४ जना, कान सुन्ने मेशीन २१ जना, हिट बेल्ट ३ जना एअर मेट्रेस ३ जना, लौरो ३ जना र अन्य समाग्री २१ जना रहेका जानकारी गराए ।

समितिकै संयोजक डा. रत्नसुन्दर लासिवाले अपाङ्गाता भएका व्यक्तिका परिवारमा हेरचाह गर्ने व्यक्ति आर्थिक कार्यमा संलग्न हुन नसकी आर्थिक रुपमा कमजोर हुन गई खानपानका कारण स्वास्थ्यमान कारात्मक असर पर्न जाने भएकोले अपाङ्गाता जनस्वास्थ्य सरोकारको विषय हो ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *