गुमेको हात बिर्सिएर औषधी दिन्छन् भक्तपुरका सुनिल

रेणु त्वानाबासु/काठमाडौं
प्रकाशित
२०७७ मंसिर १८ गते १७:२४

अचल एक जोसमा अकालमै ज्यान गुमाउने युवा सयौं छन्। कोही आफ्नो प्रेमीकाले छोड्यो भनेर, कोही एउटा मोबाइल किनिदिएन भनेर त कोही के भनेर आत्महत्या जस्ता डरलाग्दा कदम चाल्ने गर्छन्।

यस्तै सन्दर्भबीच उदाहरण बनेको छन् छन् भक्तपुरका सुनिल कोजु। उनी ‘अपाङ्ग’ छन्। उनको एउटा हात छैन। तर पनि भक्तपुर आर्दशस्थित सिद्दि स्मिृति महिला तथा

बाल अस्पतालमा फार्मेसी इन्चार्ज भएर काम गरिरहेका छन्। उनले आठ वर्षको उमेरमा बायाँ हात गुमाएका थिए।

यदि कसैको हातमा सानो एउटा चोट लागे कति पीडा हुन्छ? एउटा हात गुमाएर पनि राम्रो जीवन बिताइरहेका छन् भक्तपुर झौखेलका २९ वर्षीय सुनिल।

‘मानिसलाई शरीरका सबै अंग अतिआवश्यक र महत्वपूर्ण लाग्छन् तर त्यो भन्दैमा आफूसँग भएकालाई पनि बेवास्ता गर्नुहुँदैन,’ सुनिल भन्छन्।

उनको जस्तो पीडा सवलाङ्गले महसुस गर्न सक्दैनन्। यदि दायाँ हातमा घाउ भयो भने सवलाङ्गले बायाँ हात प्रयोग गर्छ तर सुनिलसँग त्यो सुविधा छैन। किनकि, २०५८

सालमा खेत जोेत्ने ट्याक्टरका कारण उनले बायाँ हात गुमाएका थिए।

त्यो घटनापछि उनलाई बिएन्डबी अस्पताल भर्ना गरियो। भर्ना भएको लगभग १२ दिन उनी अचेत थिए। होसमा आउँदा उनको बायाँ हात थिएन।

‘सायद, त्यो बेला बच्चा भएर होला त्यस्तो केही लागेन, अलि दुःख लाग्यो,’ उनले भने।

उनलाई करिब एक महिना बिएन्डबीमा उपचारका लागि राखिएको थियो।

किसान परिवारसँग अन्य आयस्रोत नभएकै कारण सुनिलको परिवारले जग्गा बेचेर उपचार गरेका थिए। अस्पतालबाट घर फर्किए पनि सबैले अरू बेलाभन्दा अलि धेरै नै

मायाको नजरले हेर्थे उनलाई। ‘सायद, एउटा हात नभएकै कारण सबैले मायाले हेर्थे,’ उनी सम्झिन्छन्।

घटनापछि उनको पढाइ एक वर्ष छुट्यो। वर्ष दिनपछि उनी विद्यालय गए।

तर, साथीभाइ र परिवारको साथ भएर मलाई खासै गाह्रो र हेँला भएको अनुभव भएन,’ उनले सुनाए।

उनले भक्तपुरको प्रभात इङ्लिस स्कुलबाट एसएलसी दिए। एसएलसीपछि उनले विज्ञान संकाय पढ्ने निर्णय गरे। फार्मेसी पढ्न मन थियो। त्यो विषय पढ्नको लागि विज्ञान संकाय नै पढ्नुपर्ने थियो।

उनले ख्वप कलेजबाट विज्ञान संकायमा पनि उत्तीर्ण गरे। त्यो बेला फार्मेसी पढाइका लागि भक्तपुरमा सुविधा थिएन। उनले काठमाडौं नख्खुस्थित मनमोहन मेमोरियल इस्टिच्युसन अफ हेल्थ साइन्समा स्नात पढेक।

‘टाढा भएकै कारण परिवारले सक्दैन होला, गाह्रो हुन्छ भनेको थियो,’ उनले भने।

तर, उनले केही गर्छु भन्ने अठोट लिए, र चार वर्ष लगाएर स्नातक उत्तीर्ण गरिछाडे। त्यो चार वर्ष उनले परिवारबाट एक्लै बसेर पढेका थिए। उनीहरू बस्ने झौखेल भएका कारण गाडी चढ्न लामो बाटो हिँड्नुपर्ने भएका कारण उनले व्यासीमा एउटा कोठा लिएर कलेज आउनेजाने गर्थे।

उनले यो पढाइको लागि ऋण लिएका थिए। यसपछि उनले १ महिना सुमेरु अस्पतालमा पनि इन्र्टन गरेका थिए। त्यसपछि भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल

अस्पतालमा ६ महिना सहायक फार्मेसीका रूपमा काम गर्थे अहिले भने उनी अस्पतालको ‘होल फार्मेसी इन्चार्ज’ भएर काम गरिराखेका छन्।

‘यही काम गरेर स्नातक पढाइको ऋण पनि तिरिसकेको छु,’ सुनिल हौसिँदै भन्छन्, ‘म अहिलेसम्म अपाङ्ग समूहमा गएको छैन। साधारण जीवनै बिताइरहेको छु। सायद, परिवारको साथ र साथीभाइको सहयोगले यहाँसम्म आउन सफल भएको हुँ।’

फार्मेसीबाट भक्तपुरवासी सबैलाई सुपथ मूल्यमा औषधी उपलब्ध गराइरहेको सुनिलको भनाइ छ। बिरामीे हुँदा धेरै खर्च औषधीमा हुने भएकाले त्यसबारे नबुझेर महँगो औषधी उपभोग गर्न बाध्य भएको उनको भनाइ छ। त्यसैले कम्पनीअनुसार मूल्य फरक हुने तर काम त्यही नै गर्ने उनी सुनाउँछन्।

‘त्यसैले बिरामीहरू महँगो भए पनि त्यही औषधी चाहिन्छ भन्छन्। तर, त्यो औषधीको सट्टा अर्को औषधी खानु हुँदैन भन्ने मानसिकता त्याग्नुपर्छ,’ सुनिल भन्छन्, ‘त्यसैका लागि कम शुल्क तर त्यही काम गर्ने औषधी पसल खोल्ने योजना बनाएको छु।’

उनले युवालाई ‘जीवन तिमी एक्लैको होइन, त्यो परिवारको पनि हो। त्यसैले यत्तिकै केही समस्या भयो भनेर आफ्नो जीवन गुमाउने नगर’ भन्ने गरेका छन्।

‘मैले अहिलेसम्म अपाङ्गता महसुस गर्नुपरेको छैन। त्यसैले पनि होला म कुनै अपाङ्गताको समूहमा पनि नभएको,’ उनले भने, ‘आत्मविश्वास भएको खण्डमा कुनै कुरा असम्भव नहुने रहेछ। समयअनुसार सबै कुरा ठिक हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय