डा. गोविन्द केसी संक्रमण मुक्त

हेल्थपोस्ट नेपाल

चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसी कोरोना संक्रमण मुक्त भएका छन्।

त्रिवि शिक्षण अस्पतालका डा. सन्तकुमार दासका अनुसार केसीको बुधबार गरिएको पिसिआर परीक्षणमा दोस्रो रिर्पोट नेगेटिभ आएको छ।

‘उहाँको रिर्पोट नेगेटिभ आएको छ,’ डा. दासले भने, ‘आज उहाँ घर जाँदै हुनुहुन्छ ।’

डा. केसीलाई केही दिन अक्सिजनको सहायतामा राखिएको थियो ।

चिकित्सकका अनुसार संक्रमणका कारण निमोनियासमेत भएको थियो। उनलाई रेमडिसिभिर, डेक्सोना र एन्टीकोस्सेजन चलाइएको थियो। उनमा ती औषधीले राम्रो काम गरेको थियो।

डा. केसीलाई कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *