नेपालमा १३४३ संक्रमित थपिए, थप २१११ ले जिते कोरोना
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय ४३ कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा २ हजार १ सय ११ जना संक्रमण मुक्त भएका छन्।
आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कूल संक्रमित संख्या २ लाख ३७ हजार ५ सय ८९ रहेको छ। यस्तै कूल २ लाख २० हजार २ सय ७२ जना संक्रमण मुक्त भएका छन्।
पछिल्लो २४ घन्टामा थप १३ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १ हजार ५ सय ५१ पुगेको छ।