डिप्रेसनका बिरामी धेरै औषधी पसल चहार्छन् किन ?

हेल्थपोस्ट नेपाल

साउदी अरब काम गर्न गएका २५ वर्षीय खड्कबहादुरलाई राति निद्रा पर्दैन, मनमा अनेकौं कुरा खेल्न थाल्छन्।

पेट पोल्न थाल्छ, खानामा पटक्कै रुची छैन। उनी त्यहाँ गएको दुई महिना भयो।

शरीर झमझम गर्न थाल्यो। आफूलाई हासखेल गर्न पटक्कै मन छैन, काम गर्न जाँगर छैन।

दिनदिनै घरपरिवारको सम्झना आइरहन्छ। बेलुकीपख चर्को टाउको दुख्छ। मन चिन्ताले ग्रस्त छ। दिन काट्न अत्यन्त गाह्रो छ।

अब त उनलाई  कसैको माया छैन। विदेशमा एकछिन बस्न मन छैन। आफूलाई अत्यन्त दुखी सम्झन्छन्।

उनले त्यहाँ उपचार गराउन खोजे पनि सकेनन् र अहिले नेपालमै आएर उपचार गराइरहेका छन्।

उनको यो समस्यालाई ‘डिप्रेसन’ रोग भनिन्छ। अहिले उनको स्वास्थ्य राम्रो भएको छ।

डिप्रेसन परापूर्वकालदेखि देखिएको रोग हो। डिप्रेसन धेरै मानिसमा पाइन्छ। विश्व स्वास्थ्य संगठनले डिप्रेसन जीवनकालमा पुरुषमा १५ प्रतिशत र महिलामा २५ प्रतिशतसम्म हुने बताएको छ।

डिप्रेसन भएका बिरामीलाई अर्कै रोग लागेको भान हुन्छ। पटक–पटक उपचारको शिकायत गर्ने, धेरै परीक्षण रगत, एक्सरे आदि जाँच गर्ने तर रोग नभेटिने गर्छ। यो रोगमा केही बिरामी पीडा सहन नसकी आत्महत्या गर्ने गरेको पनि पाइएको छ।

एकैपटक धेरै अंगको लक्षण देखिने रोग डिप्रेसन हो। केही बिरामी नसा पोल्यो, हात खुट्टा झमझम ग¥यो, सिल्का हान्ने भयो, शरीर तात्यो भन्ने गर्छन्।

रोग पत्ता नलाग्दा अनेकौ औषधी पसल चाहार्छन्। कतिपय बिरामी पुरानो उपचार धामीझाँक्री लगाउँछन् जसबाट निको हुँदैन।

नेपालमा डिप्रेसन रोगको कारणमा परिवारिक कलह, कार्य असफल हुनु, श्रीमान विदेशिनु, प्रेममा वियोग, मृत्यु, विदेशमा बस्नु, व्यापारमा नोक्सानी, जागिर छाड्नु, बाल्य अवस्थामा आमाबाबुबाट टाढा रहनु र राजनीतिक असन्तुलनका असर आदि मुख्य पर्दछन्।

कतिपय डिप्रेसन रोगका बिरामी राति निदाउँदैनन् वा निद्रा नपर्ने हुन्छ।

डिप्रेसनका बिरामी आत्तिने खालको सपना देख्छन्। धेरै डिप्रेसनका बिरामी आफूलाई असफल ठान्छन् र भविष्यप्रति निराशावादी हुन्छन्। कोही यौनक्रियामा कमी भयो भन्ने लक्षण लिई डाक्टर कहाँ आउँछन्।

डिप्रेसन हो भन्न डिप्रेसनका लक्षण कम्तिमा दुई हप्तासम्म रहनुपर्छ। महिलामा डिपे्रसन बढी हुने खास कारण थाहा भएको छैन तर सहनसक्ने क्षमता महिलामा कम हुने भएकाले रोग बढी लागेको भन्ने अनुमान छ।

डिप्रेसन रोगका बिरामी नेपालमा धेरै छन्। कतिपय बिरामी सुरुमा बेलुकीपख टाउको दुख्ने, कुरा बिर्सने, आत्मबल घट्ने, आत्तिएको महसुस गर्ने, दुःख परेको मानिस देख्दा मन थाम्न नसक्ने।

मानिसमा विभिन्न खालका डिपे्रसन देखापर्छन्। त्यसअनुसार लक्षणमा पनि विभिन्नता पाइन्छ। कतिपय डिप्रेसनका बिरामी झर्किने र बढी रिसाउने, एक्लै बस्न रुचाउने गर्छन्।

शारीरिक रोग जस्तै, क्यान्सर, चिनीरोग, थाइराइड ग्रन्थीको गडबडी तथा दीर्घरोगीमा पछि गएर डिप्रेसन रोग लाग्ने सम्भावना बढी रहन्छ। डिप्रेसनका कारण कतिपय बिरामी घाँटीमा केही अड्कियो भन्ने, आफूलाई क्यान्सर भयो भनी रुने, मर्ने भइयो भनेर आत्तिने, परिवारका बारेमा कुनै चिन्ता नलिने जीवनमा आसा मारेको भेटिन्छन्।

डिप्रेसनका बिरामीले आवश्यक कुरामा पनि मन थाम्न सक्दैनन्। जस्तै, सडकमा एकजना बिरामी देख्दा वा मरेको मानिस देख्दा आत्तिने र चिन्तित हुने गर्छन्। डिप्रेसनका बिरामी एउटै घटनालाई आधार मानी सधैं त्यसमा अनावश्यक विवाद गर्छन्।

जस्तै, परीक्षामा एकपटक फेल भएमा अब सधै फेल भइन्छ भनी आतिन्छन् जुन गलत हो। कतिपय डिप्रेसनका रोगी नकारात्मक सोचाइबाट पीडित हुन्छन्। मनमा यस्ता सोचाई लिन्नँ भने पनि ती सोचाइ आउनाले छटपटी महसुस गर्छन्।

डिप्रेसनका बिरामीको मष्तिष्कको परीक्षण सिटी स्क्यान, एमआरआई गर्दा कुनै खराबी देखिँदैन तर न्यूरोट्रान्समिटर जुन अत्यन्त शुक्ष्म परीक्षण मानिन्छ। यो परिक्षण गर्दा सेरोटोनिन तथा नरइपिनेफ्रिन भन्ने तत्व मष्तिष्कमा घटेको देखिन्छ।

माथिको भनाइबाट के प्रष्ट हुन्छ भने डिप्रेसन एक जटिल रोग हो। लक्षण एकैप्रकारका हुँदैनन्। उपचार गरे यो रोग निको हुन्छ। रोग पहिचान गर्न धेरै डाक्टरलाई गाह्रो हुन्छ।

केही डिप्रेसनका बिरामी काम्ने, बक्ने, अचानक बेहोस हुने हातखुट्टा नचल्ने, शरीरको संवेदना हराउने, आफ्नो नाम उल्टो बताउने वा उत्तर उल्टो दिने, नबोल्ने, छिटो–छिटो श्वास फेर्ने आदि लक्षण लिई आउँछन्।

डिप्रेसनका बिरामी रोगका कारण अनौठो लक्षण देखाउँदा कुटाइ खाने, बोक्सीको आरोप पाउने गरिएको पनि भेटिएको छ। मानसिक रोगको झन्डै एक तिहाइ हिस्सा ओगट्ने डिप्रेसनका बिरामी आफूलाई नसाको रोग लाग्यो भन्न रुचाउँछन, तर आफू पागल बनिन्छ भन्ने ठूलो पीर उनीहरूमा हुन्छ।

वास्तवमा यस्ता रोगी अर्को रोगमा परिणत हुँदैनन्। समुदायमा पाँच प्रतिशत मानिस डिप्रेसन रोगबाट पीडित छन्, जुन पहिचान गर्न नसकिने भएकाले उपचार गर्न पाएका हुँदैनन्।

समुदायमा आत्महत्या भएका घटना सुनिन्छ, यसको प्रमुख कारण डिप्रेसन नै हो। डिप्रेसन रोगका बिरामी नसा पोल्यो, नसा दुख्यो, नसा सड्कियो, नसा छिन्यो, रगत बिग्रियो,

नसा झमझम ग¥यो भन्दै अस्पताल धाउँछन्।

लक्षण :

दुई हप्ताभन्दा बढी समयसम्म दिक्क लागिरहने

रुन मन लाग्ने निराशा हुने जयउभभिकक, जभउिभिकक र धयचतजभिकक हुन्छन्

एक्लै बस्न रुचाउने

झर्को लाग्ने, दिक्क मान्ने।

बोल्न मन नलाग्ने।

छटपटिरहने, छाती दुख्ने, पेट दुख्ने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, कति बिरामी ख्बनगभ लक्षण लिएर आउँछन्

आत्मग्लानि हुने

भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाइ राख्ने।

निदाउन गाह्रो हुने, निद्रा कम पर्ने, बिहान चाँडै बिउँझिने

खानामा रुची नहुने

शारीरिक सम्पर्क गर्न रुची नहुने

आफूलाई बेकम्मा सम्झने, टाउको दुख्ने, स्फूर्ति नआउने

मर्न पाए हुन्थ्यो भन्ने, कसैल क्गष्अष्मभ गर्ने

बारम्बार रुने

शंका लाग्ने र कानमा आवाज आउने पनि कसैकसैमा पाइन्छ

यो रोग पटक–पटक दोहोरिन पनि सक्छ

डिप्रेसन रोगका किसिम :

न्युरोटिक डिप्रेसन : यस्ता बिरामी मलाई कस्तो रोग लाग्यो भनी चिन्ता गर्छन्।

धसाइकोटिक डिप्रेसन : यस्ता बिरामी अरू मानिसदेखि शंका गर्ने गर्छन्।

धसेनाइल डिप्रेसन : बुढेसकालमा देखिने डिप्रेसनलाई सेनाइल डिप्रेसन भनिन्छ। यस्ता बिरामी प्रायः आत्महत्या गर्ने डर हुन्छ। आवाज आउने, एक्लै बोल्ने, एक्लै हास्ने पनि गर्नसक्छन्।

धडिप्रेसन स्टुपर : यस्ता बिरामी अत्यन्त नचली, नबोलि बस्छन्। कोही बिरामी आँखामा आँसु बगाउँछन्।

एजिटेटेड डिप्रेसन : यस्ता बिरामी अत्यन्त छटपट गर्छन्। एक ठाउँमा बस्न सक्दैनन्। आत्तिने र अस्थिर मनस्थिति भएका हुन्छन्।

रेटाडेड डिप्रेसन : यस्ता बिरामी बहुत कम बोल्छन् र टोलाउने गर्छन्।

बच्चामा देखिने डिप्रेसन : बच्चामा देखिने डिप्रेसन केही फरक हुन्छ। पेट दुख्ने, टाउको दुख्ने, रिसाउने, पढ्न नजाने आदि लक्षण देखाउँछन्।

बयष्कमा पाइने डिप्रेसन  यस्ता बिरामी अनेक शारीरिक लक्षण लिई पटक–पटक डाक्टरकहाँ धाउँछन्।

जाडो महिनामा पाइने डिप्रेसन : केही डिप्रेसन जाडो महिनामा मात्र देखापर्छ। यस्तो डिप्रेसनलाई जाडो महिनामा हुने डिप्रेसन भनिन्छ। रात लामो हुनाले मेलाटोनिन भनिने हर्मोन गडबडी हुँदा यो देखिन्छ।

छोपिएको डिप्रेसन : यस्ता बिरामी बाहिरीरूपमा खुसी देखिन्छन् जब बिरामीबारे हामी जानकारी लिन्छौं तब बिरामी रुने गर्छन्।

दोहोरिएको डिप्रेसन : करिब ५० प्रतिशत बिरामीमा डिपे्रसन रोग दोहोरिने सम्भावना रहन्छ। औषधी छुटाउने, बिरामीको घरायसी वातावरण राम्रो नहुनाले र कहिलेकाहीँ औषधी सेवन गर्दागर्दै पनि यस्तो हुन्छ।

डिप्रेसन रोगीका समस्या :

बिरामी आफूलाई टाउको दुख्ने रोगको लक्षण बताउँछन्।

कतिपय बिरामी आफूलाई क्यान्सर लागेको शंका गर्छन्।

कोही घाँटीमा केही अड्कियो भनी आत्तिन्छन्।

कोही यौन अंगको समस्या यौन क्रममा कमी भएको बताउँछन्।

कोही बिरामी बारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउँछन्।

कोही चाहिँ मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्दछन्।

कोही ढाड दुख्ने, जोर्नीमा दुख्ने समस्याको सिकायत गर्छन्।

कोही खाना अपच, पाचन शक्तिमा कम भएको शिकायत गर्छन्।

कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विश्वास गर्छन्।

कोही अचानक बेहोस भएको बताउँछन्।

डिप्रेसनका बिरामी एक्लै शान्त ठाउँमा बस्न रुचाउँछन्। रेडियो, टिभी हेर्ने चाख हँुदैन्।

बढी चिन्ता गरिरहने र आफ्नो जीवनदेखि नै हरेस खाएका हुन्छन्।

कसरी : Mentally Healthy बन्ने?

अनावश्यक कुरामा बारम्बार एकोहोरो गहिरो सोचाइ नगर्ने।

अर्काको उपलब्धीलाई सजिलै ग्रहण गर्ने र खुसी हुने।

पुराना रुढीवादीका कुरा जुन वर्तमानमा झुठा सावित भएका छन् तिनमा विश्वास नगर्ने।

हरेक काममा खुसी, सन्तुष्ट र सुखी बन्न सिक्ने।

जे छ त्यसमा सन्तुष्ट हुने, तर मिहिनेत गर्न नछाड्ने।

लागूपदार्थ, रक्सी, ड्रग्स सेवन गर्दा मानसिक रोग लाग्ने सम्भावना धेरै रहने भएकाले, यी वस्तुबाट टाढा रहने।

दैनिक जिवनमा स्वास्थ प्रतिस्पर्धा गर्ने।

समाजमा, घरपरिवारमा दुष्टताको वातावरण अन्त्य गर्ने।

अतिनैतिकवान नबन्ने र अरूबाट पनि त्यस्तो बढी आसा नगर्ने।

आफ्ना समस्या आफ्नो परिवार, साथीभाइलाई भन्ने बानी गर्ने जसबाट मनको उत्तेजना (चिन्ता) कम गर्न सहयोग मिल्छ।

मनलाई सधैं शान्त राख्ने।

नसा तथा मानसिक रोग विशेषज्ञ

    चितवन मेडिकल कलेज 

 

 

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *