अझै १५ दिन सिने घर र रेस्टुराँ नखोल्नू : स्वास्थ्य मन्त्रालय

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ मंसिर १७ गते १७:१२

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै १५ दिन सिनेमा हल तथा धेरै भीडभाड हुने व्यवसाय नखोल्न निर्देशन दिएको छ।

बुधबार मन्त्रालयको कोरोना अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनपछि संक्रमणको अवस्था हेरर थप निर्णय लिइने बताए।

‘संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिने हल, रात्रीकालिन व्यवसाय, रेस्टुराँ, जनस्वास्थ्यका मापदण्ड कायम नहुने संस्था तथा व्यवसाय अझै नखोल्न स्वास्थ्य मन्त्रालय आग्रह गर्दछ,’ डा. गौतमले भने,  ‘१५ दिनको संक्रमणको अवस्था हेरेर मात्र थप निर्णय हुनेछ।’ उनले १५ दिनसम्म भीडभाड हुनेगरि नाराजुलुस नगर्न पनि आग्रह गरेका छन्।

मसिंर महिनापछि विद्यालयहरू खोल्दा थोरै संख्यामा मात्र राखेर, पुरै जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्र खोल्न डा. गौतमले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय