आज १ हजार ४ सय ९० जना संक्रमित थपिए, १ हजार ५६७ जना संक्रमणमुक्त

देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको जनाएको छ।

बुधबार देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

मन्त्रालयको अनुसार देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ३८ जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय