वीर अस्पतालका निर्देशक भन्छन् -‘जति आन्दोलन गरे पनि भत्ता दिन सकिन्न’

वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले स्वास्थ्यकर्मी, कर्मचारीले जति आन्दोलन गरेपनि कुनै पनि हालतमा भत्ता दिन नसक्ने बताएका छन् ।

डेढ महिनादेखि जारी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अन्दोलन चर्किँदै जाँदा डा. सेन्चुरीको यस्तो प्रतिक्रिया आएको हो ।

उनले अस्पताल कोभिड डेडिकेटेड भएपनि बिरामीको चाप घटेको र अस्पतालको आम्दानीसमेत घटेको समेत बताए ।

‘यसैपनि अस्पतालमा बिरामीहरुको चाप कम छ, त्यसमाथि दिनदिनै आन्दोलन भइरहेको छ’ उनले भने, ‘यस्तो अवस्थामा कहाँबाट पैसा ल्याएर भत्ता खुवाउने ?’
उनले कर्मचारीले खाइपाई आएको भत्ता निरन्तरता गर्न आन्दानी हुनपर्ने बताए ।

स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका कारणले पनि अस्पतालमा बिरामीको संख्या घटेको आरोप उनको छ ।

‘अस्पतालको आम्दानी कसरी बढाउने भनेर लाग्नुपर्ने अवस्थामा आन्दोलन गरेर हुन्छ ?’ उनले भने ।

डा. सेन्चुरीकाअनुसार सामान्य अवस्थामा अस्पतालमा दैनिक ३ हजार बिरामी उपचारार्थ आउने गरेकोमा अहिले दैनिक ३ सय हाराहारीमा मात्रै आउने गरेका छन् ।

भत्ता दिन सकिँदैन भन्दा पनि आन्दोलन जारी राखेकोभन्दै उनले आश्चर्यसमेत व्यक्त गरे ।

उनले वीरमा मात्रै नभएर टिचिङ्ग, पाटनलगायतका अस्पतालमा पनि यस्तै समस्या भएको भन्दै ती ठाउँमा आन्दोलन नभएको तर वीरमा भएको बताए ।

वीर अस्पतालका स्वास्थ्यकर्मीले कार्तिक २ गतेदेखि सुरु गरेको आन्दोलन अहिले पनि जारी छ ।

कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मी चिकित्सकले जोखिम भत्ता पाउनुपर्ने भन्दै सुरु भएको आन्दोलन अहिले १८ बुँदे मागसहित चर्किदै गएको छ ।

यो आन्दोलनमा विस्तारै स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनको समेत साथ र माग थपिँदै गएको छ ।

उनीहरुले प्रत्येक दिन एक घन्टा अस्पताल परिसरमा धर्ना तथा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पदाधिकारीको कार्यकक्षमा तालावन्दी गरी कार्यलयमा प्रवेश निषेधको कार्यक्रमसमेत जारी राखेका छन् ।

कार्तिक १९ गते इमर्जेन्सी विभाग मेडिकल अधिकृत सामुहिक राजीनामा समेत दिएपनि सरकारले अहिलेसम्म वार्ता र माग पूरा गर्ने तत्परता देखाएको छैन् ।

आन्दोलनमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका २३ वटा स्वास्थ्य संगठनको समर्थन रहेको आन्दोलनरत पक्षको दावी छ ।

 

2 thoughts on “वीर अस्पतालका निर्देशक भन्छन् -‘जति आन्दोलन गरे पनि भत्ता दिन सकिन्न’

  1. All communicable diseases are highe risk for HCW as as well as HAI are more risk for all HCW not only the problems of ncove 19
    Use the theory of carrot and sticks !!

  2. जुन अस्पताल मा २३ वटा ट्रेड युनिअन छन त्यहाको प्रशासनिक हालत के होला? जुन अस्पतालमा ३५० बेड मात्र सन्चलित छ, १०० बेड अस्पतालका बिभिन्न सङठन ले राजनिति गर्ने थलो बनाएका छन त्यो अस्पताल को हालत के होला? जुन अस्पताल मा हाल १५०० भन्दा बढि कर्मचारि छन् अनि २०० भन्दा कम बिरामि छन भने त्यो अस्पताल को हालत के होला? अझै कर्मचारि नपुगेकोले थप्नु पर्ने माग आउछ त्यस्को हालत के होला? जुन् अस्पताल् ले करौडौ रुपयाको मास्क, र पि पि ई कर्मचारिलाई बाड्यो भन्छ अनि कर्मचारिले पाइन भन्छ त्यो अस्[अताल् को हालत के होला? जुन अस्पतालका डाक्टरहरुले कोविड् हेर्दिन भनेर मन्त्रालयमा पत्र बुझाउन जन सक्छन् त्यो अस्पताल को हालत के होला? १ बिरामि लाई ३ जानाले कुरेर पुग्ने ठाउमा ८ जाना हुन्छन भने ५ जाना कर्मचारि ले हडताल नगरेर के गर्नु त हजुर?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय