कोरोना महामारीले एक वर्ष टेक्यो, चीनले लुकाएको तथ्यांक बाहिरियो

कोरोना महामारी चीनको वुहानबाट सुरु भई संसारभरि फैलिएको एक वर्ष पुगेको छ।

डिसेम्बर १ मा पहिलो कोरोना संक्रमितलाई लक्षण देखापरेको थियो।

हालसम्म विश्वले महामारीसँग जुध्न भनेर खोपको अनुसन्धानमा लागिरहेको छ।

महामारी फैलिरहेको समयमा चीनले विश्व स्वास्थ्य संगठनलाई उपचार गर्न, अनुसन्धान गर्न र तथ्यांक खुलस्त राख्ने वाचा गरेको थियो।

तर, हरेक महामारीमा तथ्यांक ‘लुकाउने प्रवृत्ति’ भएको चीनले कोभिड–१९ महामारीमा पनि बिरामीको तथ्यांक लुकाएको प्रमाण भेटिएको छ।

सिएनएनको एक्सक्लुसिभ रिर्पोटिङमा चीनले तथ्यांक लुकाएको प्रष्ट देखिएको छ। ‘लिक’ गरिएका कागजातमा चीनले सार्वजनिक गरेको संक्रमितको तथ्यांक र लुकाइएको तथ्यांकबीच भिन्नता छ।

फ्रेबुअरी १० मा सार्वजनिक रूपमा उपस्थित भएका चीनका राष्ट्रपति सि चिनफिङ, वुहान सहरमा स्वास्थ्यकर्मी बोलाएर बैठक गरिरहेका थिए।

सोही दिन चीनमा २ हजार ४ सय ७८ जना नयाँ संक्रमित थपिएको तथ्यांक सार्वजनिक गरिएको थियो। त्यति बेला ४० हजारजना कोरोना संक्रमित भइसकेका थिए जसमा ४ सय संक्रमितमात्र अन्य देशका थिए।

गोप्य कागजातमा उक्त दिन ५ हजार ९ सय १० नयाँ संक्रमित थपिएका थिए, जुन सार्वजनिक गरिएको तथ्यांकभन्दा दोब्बर थियो।

चीनको एकाउन्टिङ सिस्टम हरेक साता गडबड भएको पाइएको छ।

यी तथ्यांक हुबेई प्रान्तको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले राखेको १ सय १७ पेजको डकुमेन्टमा छ।

अमेरिका र युरोपेली सरकारले तथ्यांक लुकाएको आरोपलाई चीनले नकार्दै आएको थियो।

त्यस्तै, कोरोना संक्रमण सूचनामा पारदर्शी भएको भनिए पनि डकुमेन्टअनुसार स्थानीय चिकित्सक पनि दोषपूर्ण परीक्षणमा निर्भर रहेका थिए। संक्रमितलाई लक्षण देखाए पनि यसको परीक्षण गर्न  २३ दिन फरक थियो जसले कोरोनाको संघर्षमा बाधा पु¥याएको थियो।

चीनले सधैं महमारीको सूचना दिन पारदर्शी भएको, भाइरस नियन्त्रणमा लागिपरेको र जनतालाई सुरक्षित गर्न सक्दो सूचना र चेतनाका कार्यक्रम गर्दै आएको भनी जुन ७ मा एउटा स्वेतपत्र सार्वजनिक गरेको थियो।

तर, चिनियाँ विदेश मन्त्रालय र नेसनल हेल्थ कमिसनसँग यस विषयमा कुरा गर्न खोज्दा कुनै जवाफ आएन।

चीनले पहिले थाहा पाएका तथ्य अझै पनि महत्वपूर्ण भएको स्वास्थ्य विज्ञहरूले बताएका छन्।

‘चीनले गल्ती गरेको स्पष्ट छ। यतिमात्र होइन संक्रमण सम्हाल्न सरकारी कर्मचारी र राजनीति प्रेरित त्रुटि पनि भएका छन्,’ स्वास्थ्यविज्ञ याङजोङ हुवाङले भने।

उनले विश्व महामारीमा कहिल्यै पनि सतप्रतिशत पारदर्शिता नहुने बताएका छन्। जानी नजानी तथ्यांक लुकाए पनि प्रविधि र अन्य मुद्दामा कहीँ न कहीँ कमी हुने उनी बताउँछन्।

‘कुनै कमी नगरी सतप्रतिशत पारदर्शी भए पनि ट्रम्पको आरोपबाट मुक्त नहुने र महामारी बढ्न रोक्न सकिँदैन,’ उनले भने।

त्यस्तै, डिसेम्बरमै कोरोना महामारीसँगै अन्य इन्फ्लुएन्जा पनि देखापरेको थियो। उक्त इन्फ्लुएन्जा वुहानमा देखा त परेन तर छिमेकी सहर यिचाङ र साइनिङमा धेरै संक्रमित देखिएका थिए।

अमेरिका र युरोपेली युनियनले चीनलाई दिएको दबाबका कारण चुहिएका कागजात बाहिरिएको हो। चीनले विश्व स्वास्थ्य संगठनलाई कसरी कोरोना फैलियो भनेर अनुसन्धान गर्न सघाउँछु भनेकैले उक्त दबाब दिइएको थियो।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि चीनले लुकाएको थियो। मार्च ७ मा हुवेई प्रान्तमै २ हजार ९ सय ८६ जनाको मृत्यु भएको सार्वजनिक गरिएको थियो तर भित्री डकुमेन्टमा ३ हजार ४ सय ५६ जनाको मृत्यु भएको पाइएको छ।

चिकित्सक र स्वास्थ्यकर्मीको मृत्युको तथ्य पनि लुकाइएको पाइएको छ। फ्रेबुअरी १० सम्म ६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको थियो। सरकारी कर्मचारीहरुले कोरोना भाइरसबारे खबर  लुकाएको भनी आरोप पनि लागेको थियो।

वुहानका चिकित्सक लि विनलियाङले यसबारे बोलेका थिए तर उनलाई पुलिसले हप्काएका थिए। त्यहाँका मिडियाका अनुसार उनलाई सजाय दिइएको थियो र जनतालाई पनि उनको कुरा नपत्याउन र हल्लामात्र भएको भनेका थिए।

डाक्टर लिलाई पनि कोरोना संक्रमण भएको थियो र स्वास्थ्य अवस्था गम्भीर भएर फ्रेबुअरी ७ मा उनको निधन भएको थियो।

सिएनएनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय