भक्तपुरको ख्वप अस्पतालको निर्माण कार्य सम्पन्न

रेणु त्वानाबासु/काठमाडौं
प्रकाशित
२०७७ मंसिर १६ गते १७:५१

भक्तपुर नगरपालिकाद्वारा निर्माणाधिन ख्वप अस्पतालको निर्माण कार्य सकिएको छ। पाँच तल्लाको स्टचर सकिएर अहिले फिनिसिङको काम भइरहेका छ।

भक्तपुर नगरपालिका वडा नम्बर-९ का वडा अध्यक्ष एवं अस्पताल निर्माण समितिका सदस्य रविन्द्र ज्याख्वले ख्वप अस्पतालको स्टक्चर सकिएर फिनिसिङको काम भइरहेको बताए। पहिलो चरणमा २५ बेडको अस्पताल बनाउने योजना रहेको उनले बताए।

अस्पताल सात रोपनी क्षेत्रफलमा फैलिएको छ। ख्वप अस्पतालको एक तल्ला पुरै तिलगंगा आखाँ अस्पतालको लागि प्रयोग हुने उनले बताए। यहाँ गम्भीर विरामी बाहेक तिलगंगा अस्पतालमा दिने सबै सेवा उपलब्ध हुने ज्याख्वले बताए।

शिक्षाको हब मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि भक्तपुरलाई हबको रुपमा चिनाउने सोच अनुसार काम भइरहेको उनले बताए। भक्तपुरका स्थानीयका साथसाथै पूर्वबाट आउने विरामीलाई पनि ध्यानमा राखेर ख्वप अस्पताल निमार्ण गरिएको उनले बताए। उनले पूर्वबाट काठमाडौंका अस्पतालमा रिफर गरिएका विरामी जडीबुटीको जाममा परेर अस्पताल नपुगी ज्यान गुमाउन नपरोस् भनेर अस्पताल बनाइरहेको बताए।

पूर्वबाट आएका विरामीलाई भक्तपुरमा नै उपचार गर्न पाए विरामीहरूले दु:ख नपाउने उनको भनाई छ। उनले कोरोनाका कारण निर्माण कार्यले सोचेजति गति लिन नसके पनि तीन वर्षमै सक्ने लक्ष्य लिइएको बताए।

भक्तपुरका स्थानीय जनताहरूले कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सुविधालाई ध्यानमा राखेर अस्पताल बनाउन लागेको उनले बताए। उनले भक्तपुरबासीका लागि भक्तपुरमै सबै स्वास्थ्य सेवा दिन सकोस् भनेर अस्पताल बनाउन लागेको जानकारी पनि गराए।

आयोजनाका प्रमुख विजयराम कोजूले ख्वप अस्पतालको भवन स्टचर सबै सकिएको बताए। उनले लकडाउनमा काम नरोकेर निर्माण कार्य जारी राखिएको बताए। तर, कामदारको कमी र चाहिने सामाग्रीको समस्याले निर्माण कार्यमा ढिलाइ भएको बताए।

यसका लागि सबै कामहरू छुटाछुट्टै टेन्डर खोलेर गराइएको उनले बताए। अस्पताल निर्माणमा अहिलेसम्म करिव २७ करोड खर्च भइसकेको उनले बताए। अनुमानित लागत ७६ कारोड रहेको कोजूले बताए।

अस्पतालो शिलान्यास २०७५ साल चैत्र ९ गते गरिएको थियो। २०५४ सालको स्थानीय निकायको निर्वाचनपछि सात वटा कलेजहरू सञ्चालन गर्न सफल भक्तपुर नगरपालिकाले २०७४ सालको स्थानीय निकायको निर्वाचनपछि घरघरमा नर्सिङ्ग सेवा सुरु गर्दै आएको छ।

विभिन्न कलेजहरू सञ्चालन गरी शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्न थालेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय