देशभर १३०४ संक्रमित थपिए, थप २०७३ संक्रमण मुक्त
नेपालमा १ हजार ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार पछिल्लो २४ घन्टामा थपिएकासँगै नेपालमा कूल संक्रमित संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।
सोही अवधिमा नेपालमा थप २ हजार ७३ जना संक्रमण मुक्त भएका छन्।
योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ। हाल देशमा १६ हजार ६ सय ३३ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घन्टामा देशभर २१ संक्रमितले ज्यान गुमाएका छन्।
योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ।