कोभिड जोखिम भत्ता तत्कालै उपलब्ध गराउन रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको माग

कोभिड भत्ता तत्कालै उपलब्ध गराउनको लागि रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) ले आवासीय चिकित्सकले माग गरेका छन्।

एसोसिएसनले मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिनलाई ज्ञापनपत्र बुझाउँदै कोभिड जोखिम भत्ता उपलब्ध गराउनका लागि आवश्यक पहल गरिदिन अपिल गर्दै ज्ञापनपत्र बुझाएको छ।

एसोसिएसनले एक विज्ञप्ती निकाल्दै कोभिड महामारीमा अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा आवासीय चिकित्सकहरुलाई हालसम्म पनि कोभिड जोखिम भत्ता उपलब्ध नगराइएकोमा आपति जनाएका छन्।

‘जोखिम भत्ताका लागि आजका मितिसम्म पनि कुनै सकारात्मक कदम नचालिएको देख्दा कोभिडको विषम परिस्थितिमा सेवा सञ्चालनमा आवासीय चिकित्सकहरुको अहं भूमिकाको कदर नभएको महसुस गरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ हालसम्म आफूहरुले मौखिक आश्वासन मात्र पाएकाले चिकित्सकहरु निरुत्साहित भएका छौं।’

मागको समयमै सम्बोधन नभए जस्तोेसुकै आन्दोलनका कार्यक्रमका ल्याउन बाध्य हुने रानले चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय