स्थानीय तहमा ३ सय ९ आधारभूत अस्पताल २ वर्षभित्रै बनिसक्ने

सोमबार ५,१० र १५ शय्याका ३ सय ९ आधारभूत अस्पताल र ३ सरूवा रोग अस्पतालको एकसाथ शिलान्यास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सरकारले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल एकैचोटी शिलायान्स गर्ने तयारी रहेको थियो।

तर, विभिन्न जग्गाको नमिलेको कारण शिलायान्स हुन नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह—प्रवक्ता डा. समीर अधिकारीका अनुसार बाँकी रहेका हकमा भने जग्गा प्राप्तिका विषयहरू समधान गरेर मंसिर महिना भित्रै शिलायान्स हुने छ।

मन्त्रालयका अनुसार आधारभूत अस्पतालको हकमा करिब ५८ अर्बको लागत अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता भएको छ।

‘हिजो शिलान्यास भएको आधारभूत अस्पताल , सरुवा रोग अस्पताल २ वर्षमा भित्र कार्य सम्पन्न गरिनेछ,’ डा. अधिकारीले भने, ‘ बाँकी रहन गएको आधारभूत अस्पतालको हकमा भने आगामी बर्षको बजेटमा समावेश हुनेछन्।’

आधारभूत अस्पतालको निमार्णले स्थानीय तहमा ४ हजार ८ सय ७५ शैया , ९ सय ७५ चिकित्सक सहित ९ हजार ७ सय ६५ जनशक्ति थप हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय