नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो
आज नेपालमा थप १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै कूल संक्रमित संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।
सोही अवधिमा १ हजार ९ सय ३१ जनाले कोरोना जितेका छन्। योसँगै कोरोना जित्नेको कूल संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ।
हाल देशमा १७ हजार ४ सय २३ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घन्टामा नेपालमा थप २९ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १५ सय ८ पुगेको छ।