रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–७ की एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
मंसिर १३ गते अस्पताल भर्ना भएकी ५३ वर्षीय महिलाको आइतबार राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
स्वास्थ्यमा समस्या आएपछि गत मंसिर ११ गते अस्पताल पुगेकी उनमा सोही दिन नै कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको मृत्युसँगै जिल्लामा मृत्यु हुनेको कोरोना संक्रमितको संख्या १२० पुगेको छ।