देशभर १२५५ संक्रमित थपिए, थप २५ को मृत्यु

हेल्थपोस्ट नेपाल

आज देशभर १ हजार २ सय ५५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ४ जनाले कोरोना जितेका छन्।

आज थपिएकासँगै देशभर कूल संक्रमित संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ। यस्तै हाल १७ हजार ९ सय ९ सक्रिय संक्रमित रहेका छन्।

यस्तै पछिल्लो २४ घन्टामा थप २५ संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म ज्यान गुमाउने कूल संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *